बागलुङमा एकैदिन ६ जनामा देखियाे कोरोना

<p>काठमाडौं । बाग्लुङ जिल्लामा एकैदिन थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमको प्रवक्ता तथा निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड र तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना देखिएको हो । उनका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० [&hellip;]</p>


काठमाडौं । बाग्लुङ जिल्लामा एकैदिन थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमको प्रवक्ता तथा निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड र तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना देखिएको हो ।

उनका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षका दुई जना पुरुषमा कोरोना देखिएको हो । त्यस्तै, बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना पुरुषमा कोरोना भएको पुष्टि भएको हो ।

उनीहरु सबैलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउन तयारी भैरहेको प्रवक्ता शर्माले जानकारी दिए ।

Share News