पर्सामा थप २१ जना कोरोनामुक्त, राती नै अस्पतालबाट डिस्चार्ज

<p>काठमाडौं । बुधबार विहान पर्सामा थप २१ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ घर फर्किएका छन् । नारायणी अस्पतालको शाखाको रुपमा स्थापित कोरोना उपचार गण्डक अस्पतालले राती नै २१ जनालाई डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा सबै वीरगन्ज महानगरपालिकाका रहेका छन् । लगातार २ पटककाे काेराेना परिक्षणमा नेगेटिभ देखिएपछि २१ जनालाई अस्पतालले डिस्चार्ज गरेकाे हाे [&hellip;]</p>

काठमाडौं । बुधबार विहान पर्सामा थप २१ जना कोरोना संक्रमितहरु उपचारपछि निको भइ घर फर्किएका छन् ।

नारायणी अस्पतालको शाखाको रुपमा स्थापित कोरोना उपचार गण्डक अस्पतालले राती नै २१ जनालाई डिस्चार्ज गरेको हो । डिस्चार्ज हुनेमा सबै वीरगन्ज महानगरपालिकाका रहेका छन् । लगातार २ पटककाे काेराेना परिक्षणमा नेगेटिभ देखिएपछि २१ जनालाई अस्पतालले डिस्चार्ज गरेकाे हाे ।

हाल अस्पतालमा ९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् भने उक्त अस्पतालको आइसोलेसन वार्डबाट ७२ जना कोरोना संक्रमित कोरोनामुक्त भइ घर फर्किएको अस्पताल स्रोतले जनाएको छ ।

Share News