विद्यार्थी भर्नादरमा सुधार, लैंगिक समानता पनि कायम

<p>काठमाडौं । शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको छ । विगत वर्षहरुको तुलनामा  भर्नादरमा सुधार आएको अर्थमन्त्री डा. युवराज खतिवडाल बताएका छन् । खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको बताएका हुन् । उनले शैक्षिक सत्र २०७६/७७ मा प्राथमिक तहको खुद [&hellip;]</p>

काठमाडौं । शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको छ । विगत वर्षहरुको तुलनामा  भर्नादरमा सुधार आएको अर्थमन्त्री डा. युवराज खतिवडाल बताएका छन् ।

खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको बताएका हुन् ।

उनले शैक्षिक सत्र २०७६/७७ मा प्राथमिक तहको खुद भर्नादर ९७ दशमलब १ प्रतिशत, आधारभुत तहको भर्नादर ९३ दशमलब ४ प्रतिशत र माध्यमिक तहको खुद भर्नादर ४७ दशमलब ६ प्रतिशत रहेको बताए । यस्तै, विद्यालय तहका शिक्षामा लैङ्गिक समानता हाँसिल भएको पनि उनले बताए ।

Share News