भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ

<p>काठमाडौं । देश लकडाउनमा गएको पनि २ महिना भइसक्यो । लकडाउन सुरु भएपछि सबै व्यापार तथा उद्योग कलकारखाना बन्द छन् । सरकार लकडाउन बढाउदै गइरहेको छ । दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेलका व्यापारीलाई आफूले सञ्चालन गरेको पसलको घरभाडा कसरी तिर्ने भन्ने चिन्दा बढ्दै गएको छ । घर धनीले व्यापारीहरुलाई फोन गरेर घरभाडा माग्न थालेका [&hellip;]</p>

काठमाडौं । देश लकडाउनमा गएको पनि २ महिना भइसक्यो । लकडाउन सुरु भएपछि सबै व्यापार तथा उद्योग कलकारखाना बन्द छन् । सरकार लकडाउन बढाउदै गइरहेको छ ।

दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेलका व्यापारीलाई आफूले सञ्चालन गरेको पसलको घरभाडा कसरी तिर्ने भन्ने चिन्दा बढ्दै गएको छ । घर धनीले व्यापारीहरुलाई फोन गरेर घरभाडा माग्न थालेका छन् । व्यापार व्यवसाय बन्द भएपछि घरधनीलाई कसरी घरभाडा तिर्ने भनेर व्यापारीहरुलाई रातमा निद्रा न दिनमा भोक  भएकाे छ । व्यापारीहरुको लागि कोरोनाभन्दा पनि ठूलो चिन्ता घरभाडाको छ ।

काठमाडौंको व्यापारिक केन्द्र दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेललगायतका व्यापारीहरुको सगंठले धेरै पटक व्यापारीको समस्या सरकारलाई सुनाउने प्रयास गरे। तर सरकारले भने व्यापारीहरुको कुरा नै सुन्न नचाहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।

राजधानीको प्रमुख व्यापरिक क्षेत्र ठमेल, न्युरोड, दबारमार्ग, महाबैद्ध हो । अरुबेला उपत्यका र उपत्यका बहिरका व्यापारी आएर भरिभराउ हुने ठमेलमा दबारमार्ग, न्युरोड अहिले सुनसान छन् । नेपालभर नै सबै किसिमका व्यवसाय बन्द छन् । व्यापार व्यावसय बन्द हुदा अर्थतन्त्रमा असर परेको छ ।

काठमाडौं महानगरपलिकाले ७ अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा करिब साढे ३ अर्ब मात्रै संकलन गरेको छ । काठमाडौंको मुख्य व्यापारिक केन्द्रमा १० हजार सटरहरु व्यापारिक प्रयोजनमा प्रयोग भहिरहेको छ । लकडाउनको कारणले व्यापार नहुँदा महानगरले आफ्नो लक्ष्य अनुसार राजस्व उठाउन नसकेको हो ।

कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि ठमेल, न्युरोड, महाबैद्ध सुनसान बनेको हो ।

यसैगरी राजधानीको प्रमुख व्यापारिक क्षेत्र हो, दरबारमार्ग । दरबारमार्ग पनि उस्तै सुनसान छ । प्रहरीले सर्वसाधारणलाई घरबाहिर निस्कन कडाइ गर्नुका साथै पासबिनाका यातायातका साधन सञ्चालन नगर्न भनिरहेको छ ।

नेपाल राष्ट्रय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योग र व्यापारीको कुरा नै नसुनेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चम्बर अर्फ कर्मसको मात्रै सरकारले समस्या सुनिरहेको उनकाे आरोप छ । व्यापारिक केन्द्रहरुको प्रतिनिधिहरुलाई पनि राखेर एउटा समिति गठन गरेर सबैबीच छलफल गर्नु पर्ने कटुवाल बताउँछन् ।

‘१० हजार सटरमा भैरहेको व्यापार अब कतिले छोडेर जाने छन्, बैंकमा लोन छ, घरभाडाका लागि घरधनीको फोन आइरहेको छ, पसलमा काम गर्ने कर्मचारीको तलबको विषय पनि त्यस्तै अवस्था छ, पसल वा गोदममा भएका समान चिसो लागेर बिग्रिएको र मुसाले सामान काटेर नष्ट भएको छ, चीनबाट सामान बोकेको ७ सय कन्टेनर बाटामा नै रोकिएर बसेका छन्, विविध कारणले व्यापारी समस्यामा परेका छन्,’ कटुवाले भने ।

काठमाडौं सटर भाडामा लगाएका घरधनीहरुले मसिक १५ देखि २० लाख भाडा उठाउने गरेका छन् । लकडाउनको भाडा छुट दिनु पर्यो भनेर सम्बन्धित निकायमा माग गरिरहे पनि नियामक निकायले नसुनेको कटुवालले बताए ।

काठमाडौं महानगरपालिका राजश्व विभागका नुरनिधि न्यौपानेले काठमाडौं महानागपालिकाले राजस्वाको लक्ष्य ७ अर्बको भए पनि ५१ प्रतिशत मात्रै संकलन भएको बताए ।

‘८ महिनामा ५१ प्रतिशत मात्रै राजस्व उठेको छ, अरु समय पनि असारमा धेरै राजस्व उठ्ने गरेको थियो, तर लकडाउन कति समय हो भन्ने एकिन छैन्, ठूला व्यापारीहरुले असारमा नै राजस्वा तिर्ने भएकोले पनि कम राजस्व संकलन भएको छ,’ न्यौपानेले भने ।

किनमेल गर्नेको सधैं भीड रहने महाबौद्ध ठमेल लगायत क्षेत्र व्यस्त रहेने गरेको थियो । यहाँका धेरै व्यापारीहरुले चीनबाट सोझै आयात गर्ने गरेका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै बाहिरी जिल्लाका खुद्रा बिक्रेताले हारालुछ गरेर खरिद सामान लाने गरेका थिए । भीड कहिल्यै नघट्ने दबारमार्ग, न्युरोड, ठमेल, महाबौद्धका लगायतका बजार यतिबेला सुनसान छन् । भीड नभएको देख्ता जोसुकैलाई अनौठो लाग्ने अवस्था छ ।

लत्ताकपडा, जुत्ता, मोबाइल र कम्प्युटर लगायतका विभिन्न वस्तुको प्रमुख बजारको रुपमा रहेको महाबौद्ध, असन, न्यूरोड र ठमेलमा लगायतका क्षेत्रमा हुने सामान बिक्री र छहलपहल शुन्य नै छ । धेरैजसो व्यस्त रहने काठमाडौंका व्यापारिक कम्प्लेक्स र व्यापारिक गल्लीहरु शून्य देखिएका छन् ।

न्यूरोडका कम्प्युटर व्यापारी प्रशान्त श्रेष्ठले अब बैंकको लोन, पसलको भाडा र कर्मचारीको तलबको नै ठूलो समस्या रहेको बताए ।

‘घरधनीले घरभाडा चाहियो भनेर फोन गरिसकेका छन्, भाडा पनि महिनाको ४ लाख छ । व्यापार भएको भए केही समस्या हुने थिएन । बैंकको लोनको पनि कुन्दिन फोन आउछ भनेर चिन्ता लागिरहेकको छ’, श्रेष्ठले भने ।

कारोनासँगै घरभाडा कसरी तिर्ने भनेर चिन्ता भैरहेको उनले बताए । चिन्ताले दिनमा भोक न रातमा निन्द्रा भैसकेकाे  श्रेष्ठकाे भनाइ छ ।

त्यस्तै महाबौद्धमा कपडा र जुत्ता व्यापारी राम लामाको पनि चिन्ता त्यस्तै छ ।

‘ल्याएर पसलमा राखेको सामान पनि बिग्रिले समय भहिसक्यो । लकडाउन कहिले खुल्छ भन्ने थाह छैन, घरभाडा तिर्न नै सबैभन्दा ठूलो समस्या रहेको छ । सरकालाई हामीले कर तिरिरहेका छौं । घर भाडा नै महिनाको ७ लाख छ । सरकारले पनि व्यापारीहरुलाई समस्या परेको बेला सहयोग गर्छ कि भन्ने आसा लागिरहेको छ’, लामाले भने ।

न्यूरोडका एक भाडा पसलेले नयाँ नम्बरबाट फोन आउदा मनै झसंग हुने गेरेको बताए । उद्यारो सामान झारेर लकडाउन हुनुभन्दा अगाडी बिक्री गरेको र बिक्रीबाट आएको पैसा घर बसेर सकिएको उनी बताउछन् । घरधनीदेखि साहूँले फोन गरेर पैसा मागिरहेका तर आफूसँग पैसा नभएकाे अब पसल नै बेच्ने सुरमा रहेकाे उनले सुनाए ।

Share News