काठमाडाैं । नेपाल उड्डय प्राधिकरणकाे वेवसाइट ह्याक गरिएकाे छ । प्राधिकरणकाे वेवसाइट ह्याक गर्ने भारतीय ह्याकर समूह भएकाे बुझिएकाे छ ।
‘घोष्ट०५७_५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो। साे ह्याकरकाे समूहले हामी शान्त छौ त्यसको मतलब केही गर्न सक्दैनौ भन्ने होइनु भन्ने शन्देस छोडेको थियो।
अहिले भने उक्त साइट सामन्य अवस्थामा फर्किएको छ। बिहिबार मात्रै ह्याकरले बाँकेकाे वन अनुसन्धान केन्द्रकाे वेवसाइट ह्याक गरेकाे थियाे ।