जर्मनीको एक चर्चमा ४० जनामा देखियो कोरोना, अब अनलाइनबाट प्रार्थना

<p>काठमाडौं । जर्मनीको एक चर्चको प्रार्थना सभामा उपस्थित भएका ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । जर्मनीमा लकडाउनको नियममा राहत पाएपछि चर्चमा गरिएको प्रार्थनामा उपस्थित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चर्चमा सामाजिक दुरीका नियमहरु पालना गरेका भनिएता पनि  उक्त संक्रमण देखिएसँगै चर्च बन्द गरि अनलाइनबाट प्रार्थना सभा आयोजना गरिएकाे छ । लकडाउनकाे [&hellip;]</p>

काठमाडौं । जर्मनीको एक चर्चको प्रार्थना सभामा उपस्थित भएका ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । जर्मनीमा लकडाउनको नियममा राहत पाएपछि चर्चमा गरिएको प्रार्थनामा उपस्थित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चर्चमा सामाजिक दुरीका नियमहरु पालना गरेका भनिएता पनि  उक्त संक्रमण देखिएसँगै चर्च बन्द गरि अनलाइनबाट प्रार्थना सभा आयोजना गरिएकाे छ । लकडाउनकाे पुन पालना तथा  संक्रमण  नफैलियाेस् भनि अनलाइनमार्फत प्रार्थना शुरू गरिएकाे चर्चमा एक अधिकारीकाे भनाइ छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट जर्मनीमा १ लाख ८० हजार संक्रमित छन् भने ३ सय ६६ जना मानिसको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख ५९ हजार उपचारपछि निको भएका छन् । (बीबीसी हिन्दी)

Share News