काठमाडौंमा ड्युटीमा खटिएका २ जना प्रहरीमा कोरोना पुष्टि

<p>काठमाडौं । काठमाडौंमा कार्यरत २ प्रहरीमा कोरोन भाइरस संक्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण भएको देखिएको हो । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको नेपाल प्रहरीको स्रोतले जानकारी दिएको छ । उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए महानगरीय प्रहरी परिसरले [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा कार्यरत २ प्रहरीमा कोरोन भाइरस संक्रमण पुष्टि भएको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत २ जना प्रहरीमा कोरोना संक्रमण भएको देखिएको हो । प्रहरी नायव निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको नेपाल प्रहरीको स्रोतले जानकारी दिएको छ ।

उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए महानगरीय प्रहरी परिसरले जनाएको छ । ब्यारेकमा नै बस्दै आएका उनीहरूमा मंगलबार कोरोना देखिएको हो ।
यस अघि २ जना प्रहरीमा काेराेना पुष्टि भइसकेकाे छ ।

Share News