कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको हो भन्दा तालीले गुन्जियो संसद(भिडियाे सहित)

<p>काठमाडौं । नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटर नयाँ नक्सा जारी गर्छौं भन्दै गर्दा सबै सांसदले ताली बजाए । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबैभन्दा धेरै समय सीमाको कुरा उठ्दा सबै सांसदले मज्जाले ताली बजाए । नयाँ नक्सा सार्वजनिक हुन्छ भन्दा करिब ४ सेकेन्ड र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल [&hellip;]</p>

काठमाडौं । नीति तथा कार्यक्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटर नयाँ नक्सा जारी गर्छौं भन्दै गर्दा सबै सांसदले ताली बजाए । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा सबैभन्दा धेरै समय सीमाको कुरा उठ्दा सबै सांसदले मज्जाले ताली बजाए ।

नयाँ नक्सा सार्वजनिक हुन्छ भन्दा करिब ४ सेकेन्ड र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल हो भनेर घोषणा गर्दा संघीय संसदको संयुक्त बैठक करिब ५ सेकेन्ड तालीले गुन्जियो ।

सो क्रममा उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल रहेको बताइन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिने पनि घोषणा गरिन् । भण्डारीले सीमा विवाद समाधानका लागि कुटनीतिक पहल थाल्ने जानकारी दिइन् ।

हेराैं भिडियाे पनिः

Share News