ह्वाइट हाउसमा मास्क लगाउनु पर्छ, ट्रम्पले भने – मेरो लागि अर्डर नगर

<p>काठमाडौं । ह्वाइट हाउसका दुई जना सहायक काेरोना संक्रमणले सकारात्मक पाए पछि सबै कर्मचारीहरूलाई मास्क लगाउन भनिएको छ । देशभरी नै काेराेनाकाे संक्रमण बढ्दै गएसँगै ह्वाइट हाउसमा काेराेना देखिए पछि राष्ट्रपति ट्रम्पले  सबै कर्मचारीहरूलाई मास्क लगाउनु भनेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको सहयोगी बिरामी हुँदा जारी गरिएको हो । यद्यपी [&hellip;]</p>

काठमाडौं । ह्वाइट हाउसका दुई जना सहायक काेरोना संक्रमणले सकारात्मक पाए पछि सबै कर्मचारीहरूलाई मास्क लगाउन भनिएको छ ।

देशभरी नै काेराेनाकाे संक्रमण बढ्दै गएसँगै ह्वाइट हाउसमा काेराेना देखिए पछि राष्ट्रपति ट्रम्पले  सबै कर्मचारीहरूलाई मास्क लगाउनु भनेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उप राष्ट्रपति माइक पेन्सको सहयोगी बिरामी हुँदा जारी गरिएको हो ।

यद्यपी जब राष्ट्रपति ट्रम्प आफैं मास्क ब्रीफिंगका लागि कुनै मास्क बिना नै आइपुगे, प्रश्नहरू उठ्न थाले पछि ट्रम्पले भने सो आदेश पालन गर्नु आग्रह गरेका हुन् भने आफूले माक्स लगाउनु आवश्यक नरहेको बताए । किनभने उनी टाढा थिए ।

उनले भने, ‘हरेक दिन सयौं व्यक्तिहरु व्हाइट हाउस आउँछन् । मलाई लाग्छ कि हामी संक्रमणलाई रोक्नको लागि राम्रो काम गरिरहेका छौं।’ तीन जना व्हाइट हाउसका कर्मचारीहरू एकान्तवासमा रहेका छन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका हो । त्यस्तै २ लाख ६२ हजार उपचारपछि निकाे भएका छन् ।  (बीबीसीकाे सहयाेगमा)

Share News