अफगानिस्तानको खाद्य सहायता बाँड्नेक्रममा झडप, सातको मृत्यु

<p>काबुल । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए। प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३ सयजना प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि [&hellip;]</p>

काबुल । अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झडप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको विरोधमा भएको प्रदर्शनका क्रममा अरु १४ जना घाइते भएको घोर प्रान्तका सांसद गुल्जामान नायिबले बताए।

प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३ सयजना प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाउनु परेको जानकारी दिए । तर उनले सुरक्षाकर्मीको गोली लागेर २ जनाको ज्यान गएको र पाँच जना घाइते भएको बताएका छन् । प्रदर्शनकारीलाई तितरबितर गर्नेक्रममा केही प्रहरी पनि घाइते भएका थिए ।

प्रवक्ता अबरले सहायता सामग्री मनोमानी किसिमबाट वितरण भएको अस्वीकार गरे । मृत्यु भएकामध्ये एक जना स्थानीय रेडियो स्वयंसेवक अहमद नवीद खान पनि रहेको अफगानिस्तान पत्रकार केन्द्रका कार्यकारी निर्देशक अहमद कुरैसीले बताए । रासस–एएफपी

Share News