निकाे भएर घर फर्किएका तीन जनामा पुन: काेराेना संक्रमण

<p>काठमाडौँ । कोरोनामुक्त भएर घर फर्किएका तीन जनामा पुन: संक्रमण देखिएकाे छ । कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना निको भएर डिस्चार्ज भएका तीनै जनामा एक हप्तापछि फ्लोअप परीक्षण गर्दा तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएको बताए । निको भएर पाटनबाट फर्केका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट बस्ने ५८ वर्षीय पुरुष र वीरगन्जस्थित [&hellip;]</p>

काठमाडौँ । कोरोनामुक्त भएर घर फर्किएका तीन जनामा पुन: संक्रमण देखिएकाे छ ।

कोभिड–१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोना निको भएर डिस्चार्ज भएका तीनै जनामा एक हप्तापछि फ्लोअप परीक्षण गर्दा तीन जनामा पुनः कोरोना पोजेटिभ देखिएको बताए ।

निको भएर पाटनबाट फर्केका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट बस्ने ५८ वर्षीय पुरुष र वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका एक १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका एक भारतीय नागरिकको शुक्रबार पुनः कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

 

Share News