बिहार सरकार : १७ लाख आप्रवासीलाई कहाँ राखेर के खुवाउने

<p>काठमाडौं । भारतको बिहारका मात्र १७ लाख प्रवासी कामदार तथा विद्यार्थी रहेका छन् । ठूलो संख्यामा प्रवासी रहेको बिहारमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै फर्किने स्थितिमा पुगेको जनाएको छ । पछिल्लो समय गृह मन्त्रालयको नयाँ निर्देशन पछि बिहार सरकार आफ्ना जनतालाई फिर्ता लैजाने व्यवस्थामा लागेको छ । बिहारका मुख्यमन्त्री नीतीश कुमारले भने, पञ्चायती स्तरमा क्वारेन्टाइन सेन्टरको [&hellip;]</p>

काठमाडौं । भारतको बिहारका मात्र १७ लाख प्रवासी कामदार तथा विद्यार्थी रहेका छन् । ठूलो संख्यामा प्रवासी रहेको बिहारमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै फर्किने स्थितिमा पुगेको जनाएको छ । पछिल्लो समय गृह मन्त्रालयको नयाँ निर्देशन पछि बिहार सरकार आफ्ना जनतालाई फिर्ता लैजाने व्यवस्थामा लागेको छ ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले भने, पञ्चायती स्तरमा क्वारेन्टाइन सेन्टरको विस्तारले बाहिरबाट आउने आप्रवासीहरुलाई क्वारेन्टाइन सेन्टरमा २१ दिनको लागि राख्नु पर्छ । यो पनि भनियो कि जीविका र राष्ट्रिय आजीविका मिशनले चिनाएका व्यक्तिका परिवारलाई प्रति एक हजार रुपैयाँ सहयोग दिनु पर्ने बताए ।

कोरोनाको संक्रमण फैलिएसँगै त्यति धेरै संख्यामा प्रवासीलाई व्यवस्थापन गर्न बिहार सरकारले के गर्दै छ त भन्ने प्रश्न सबैमा उठेको छ । लाखौं मानिसलाई २१ दिनसम्म खुवाउन के कति खाद्य सामाग्रीको व्यवस्था गरेको छ त भन्ने विषयमा सबैको ध्यान केन्द्रित भएको छ ।

गृह मन्त्रालयको निर्देशिका पछि पनि बिहार सरकारका उपमुख्यमन्त्री सुशील मोदीले, ‘यति ठूलो संख्यामा जनतालाई फिर्ता ल्याउन सरकारसँग पर्याप्त स्रोत छैन।’ यसमा विपक्षीहरूले राज्य सरकारको असक्षमतामाथि प्रश्न उठाए उनले एक सञ्चार माध्यमलाई भने ।

पछिल्लो समय बिहार राज्यमा नै ३ सय ५ क्वारेन्टाइन सेन्टर भने खाने कुरामा सबै व्यवस्थापन गर्ने तथा आवश्यक क्वारेन्टाइन सेन्टरको सूची बनाउने कार्य भइरहेको छ । केन्द्र सरकारलाई बिहार सरकारले खाद्य आपूर्तिको माग गर्दै चिठी पठाएको छ । बिहार सरकारले करिब साढे एक करोड जनता (३० लाख परिवार) लाई खाद्यान्न पठाउन अनुरोध गर्दै पत्र लेखेको थियो ।

केन्द्रीय खाद्य तथा आपूर्ति मन्त्री रामविलास पासवानले बिहारको तथ्यांकमाथि प्रश्न उठाउँदै कसलाई कति खाद्य सामाग्री दिनु पर्ने हो सूची बनाएर पेश गर्न आग्रह गरेका हुन् । उनले सूची बिना नै खाना दिन सम्भव नभएको जानकारी दिए ।

काेराेना भाइरसले हालसम्म बिहारमा ५ सयभन्दा बढी काेराेना संक्रमित छन् भने ४ जनाकाे मृत्यु भएकाे छ । (बीबीसीकाे सहयाेगमा)

Share News