अफगानिस्तानमा कोरोना भाइरस परीक्षण गरेको एकतिहाइमा संक्रमण पुष्टि

<p>काठमाडौं । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ। राजधानी काबुलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयजनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको जानकारी दिएकाे छ । उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढेकाे [&hellip;]</p>

काठमाडौं । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले परीक्षण गरिएका नमुनामध्ये झन्डै एकतिहाइमा कोरोना भाइरस संक्रमण पुष्टि गरेको छ।

राजधानी काबुलस्थित स्वास्थ्य मन्त्रालयका अनुसार ५ सयजनाबाट सङ्कलित नमुना परीक्षण गर्दा डेढ सयभन्दा बढीमा सङ्क्रमण भेटिएको जानकारी दिएकाे छ ।

उक्त परिणामले सुरुमा सोचेभन्दा तीव्र रूपमा काबुलमा प्रकोप विस्तार भइरहेको हुन सक्ने कुराले काबुलका ४० लाख बासिन्दामा चिन्ता बढेकाे पाइन्छ। ग्रामीण क्षेत्रमा सङ्क्रमणको अवस्था स्पष्ट छैन।

केही महिनाअघि झन्डै अढाइ लाख अफगानीहरू प्रकोपको चर्को मारमा परेको देश इरानबाट फर्किएका थिए। अफगानिस्तानमा अहिलेसम्म २ हजार ७ सातजना सङ्क्रमित भएको पुष्टि भएको छ भने ८५ जनाले ज्यान गुमाएका छन्। (अन्तर्राष्ट्रिय संचार माध्यमकाे सहयाेगमा)

Share News