लकडाउन खुकुलो पार्ने योजना ल्याऊ: समिति

<p>काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिले सरकारलाई निर्देशन दिएको छ । कोरोना भाइरसको परीक्षण दायरा विस्तार गर्न पनि निर्देशन दिएको हो । समितिले लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने [&hellip;]</p>

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले लकडाउनका कारण पुरै जनजीवन अस्तव्यस्त बन्ने स्थितिलाई मध्यनजर गर्दै उपयुक्त सतर्कताका साथमा यसलाई खुकुलो बनाउँदै पूर्ण रुपमा खुल्ने योजना तर्जुमा गरी समितिले सरकारलाई निर्देशन दिएको छ । कोरोना भाइरसको परीक्षण दायरा विस्तार गर्न पनि निर्देशन दिएको हो ।

समितिले लकडाउन खुलेपछि विदेशबाट रोजगारी गुमाएर फर्कने ठूलो जनशक्तिलाई व्यवस्थित गर्ने योजना निर्माण गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।समितिले स्वास्थ्य सामग्रीको भण्डारलाई प्राथमिकता दिएर सबै प्रदेश तथा स्थानीय तहमा आवश्यकता अनुसार व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

Share News