डाबर नेपालले ल्यायो बजारमा इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर

<p>काठमाडौं । डाबर नेपालले डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएको छ । आफ्नो कम्पनीको हरेक घरको स्वास्थ्य र भलाईलाई मध्यनजर गर्दै डाबरले अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएकाे हाे । ८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाईजरले डिडिएका सबै मापदण्ड पुरा गरेको डाबर दाबी गर्दछ । प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने [&hellip;]</p>

काठमाडौं । डाबर नेपालले डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएको छ ।

आफ्नो कम्पनीको हरेक घरको स्वास्थ्य र भलाईलाई मध्यनजर गर्दै डाबरले अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाईजर बजारमा ल्याएकाे हाे ।

८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाईजरले डिडिएका सबै मापदण्ड पुरा गरेको डाबर दाबी गर्दछ । प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाईजरले साबुन पानीको प्रयोग बिना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिने डाबरले बताएकाे छ ।

हाल १५० एम एल स्यानिटाईजरको बजार मूल्य १७५ रुपैया रहेको छ ।

 

Share News