एसईई र कक्षा ११ को नतिजा विद्यालयले नै निकाल्नु पर्ने !

<p>काठमाडाैँ । एसईई र कक्षा ११ को नतिजा विद्यालयलाई नै निकाल्नु पर्ने सुझाव दिइएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले  यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन सुझाव दिएको हाे । कक्षा ११ को परीक्षा पनि यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका [&hellip;]</p>

काठमाडाैँ । एसईई र कक्षा ११ को नतिजा विद्यालयलाई नै निकाल्नु पर्ने सुझाव दिइएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले  यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन सुझाव दिएको हाे ।

कक्षा ११ को परीक्षा पनि यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्न उपयुक्त हुने प्रतिष्ठानको ठहर छ ।

प्रतिष्ठानले कक्षा १२ को परीक्षा भने सबै उपाय अपनाई सञ्चालन गर्न आग्रह गरेको छ । कोरोनाको जोमि बढ्ने डरले लकडाउन भएसँगै सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई), कक्षा ११ र १२ तथा सबै विश्वविद्यालयका सबै परीक्षा स्थगित गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले अपिल निकालेर संकटको यो घडीमा कक्षा ११ को परीक्षा यस वर्षका लागि स्थगित गरी विद्यालयमा लिइएका अघिल्ला परीक्षाहरुका आधारमा प्रमाण पत्र वितरण गर्नु नै उचित हुने बताएका छन् ।

यसैगरी विद्यालयहरुले दिवा खाजामा खर्च गरिराखेको पैसा बालबालिकाका अभिभावकलाई दिने व्यवस्था गर्न पनि प्रतिष्ठानले सुझाव दिएको छ ।

Share News