कोरोना रोगको उपचारमा आशाका साथ परीक्षण गरिएको प्लाज्मा थेरापी के हो ?

<p>काठमाडौं । कोरानाको कहरबाट आक्रान्त अहिलेको परिस्थितिमा केही सकारात्मक समाचार समेत आउन सुरु गरेका छन् । कोरोना भाइरसको औषधी, खोप तथा उपचारको लागि संसारभरका वैज्ञानिकहरु विभिन्न प्रयोग तथा परीक्षणमा दिनरात लागिरहेका छन् । त्यसैक्रममा हालै अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको छ । अमेरिकामा प्लाज्मा थेरापीबाट गरिएको उपचारको परिणाम सकारात्मक देखिएपपि [&hellip;]</p>

काठमाडौं । कोरानाको कहरबाट आक्रान्त अहिलेको परिस्थितिमा केही सकारात्मक समाचार समेत आउन सुरु गरेका छन् । कोरोना भाइरसको औषधी, खोप तथा उपचारको लागि संसारभरका वैज्ञानिकहरु विभिन्न प्रयोग तथा परीक्षणमा दिनरात लागिरहेका छन् ।

त्यसैक्रममा हालै अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापीबाट उपचार गर्न थालिएको छ । अमेरिकामा प्लाज्मा थेरापीबाट गरिएको उपचारको परिणाम सकारात्मक देखिएपपि अहिले भारतमा समेत ४ ओटा अस्पतालले प्लाज्मा थेरापीबाट उपचारको लागि अनुमति पाएको छ ।

कोरोना संक्रमणको उपचारमा भर्खरै मात्र सुरु गरिएको प्लाज्मा थेरापी नयाँ उपचार पद्दति नयाँ भने हैन । यो पद्दतिको सुरुवात सन १८९० बाट नै भएको हो । सन १९१८ मा फैलिएको स्पेनिस फ्लूको माहामारीको उपचारमा समेत यो पद्दतिको सफल प्रयोग गरिएको थियो ।

जोन्स हकिङ्स ब्लुमबर्ग स्कुलअफ पब्लिक हेल्थका प्राध्यापक डा. आरतुरो कासादेवालका अनुसार आजभन्दा पहिलेको प्रयोगको कुरा गर्ने हो भने प्लाज्मा थेरापीको आँकडा अत्यन्त सकारात्म रहेको छ । स्पेनिस फ्लु, मार्स, सार्स लगायलका भइरसजन्य फ्लुमा यसको प्रयोगबाट गरिएको उपचार सफल रहेको छ ।

‘तर कोरोनाको सन्दर्भमा अहिले केही भन्न सक्ने अवस्था छैन । कोरोना भाइरस हाम्रो लागि अत्यन्त नयाँ हो,’ डा. आरतुरोले भने ।

प्लाज्मा थेरापीको कोरोनामा पर्ने प्रभावको बारेमा उचित जानकारीका लागि यसको क्लिनिकल परीक्षण बढाउनु पर्ने डा. आरतुरो कासादेवालको धारणा रहेको छ ।

के हो प्लाज्मा थेरापी ?

कुनैपनि व्यक्ति जब कोरोना लगायतका संक्रामक रोगको सामना गरेर ठिक हुन्छन्, तिनीहरुको रगतमा एक प्रकारको एन्टिबडी उत्पादन भएको हुन्छ । यो एन्टिबडी संक्रमणको विरुद्धमा लड्न सक्ने हुनका साथै त्यस्ता व्यक्तिको शरीरले रोग प्रतिरोधी क्षमताको कारण विशेष प्रकारको प्रोटिनको समेत उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ ।

शरीरले एन्टिबडीको उत्पादन तथा प्रसारण रातो रक्तकोस (रेड ब्लडसेल) मार्फत गर्ने गर्दछ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । रगतको एन्टिबडी रहेको उक्त भाग (कनब्यालेसेन्ट प्लाज्मा ) लाई जम्मा गरेर बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ ।

रोगको विरुद्धमा एन्टिबडी भएको कनब्यालेसेन्ट प्लाज्माको प्रयोग गरेर उपचार गरिने पद्धतिनै प्लाज्मा थेरापी हो ।

प्लाज्मा थेरापी कतिपय अवस्थामा अत्यन्त सफलसमेत रहेको छ । तिब्ररुपमा हानी पुर्याउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताले वा शरीरले नै लड्नु पर्ने प्रकृतिका बिषाणु संक्रमणका विरुद्धमा यो पद्धति सफल मानिएको छ । सर्पदंशको उपचार यो पद््दतिको एक सफल उदाहरण हो ।

Share News