काठमाडौं । राहत वितरण गर्न गएका १ जनाको मूत्यु भएको छ । मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिका वडा नंबर ६ को सिलिङमा राहत वितरण गर्न गएका खडकबहादुर कटुवालको मृत्यु भएको हो ।
राहत वितरणका क्रममा हिडेका धनकुटा प्रखिबासका अन्दाजी वर्ष ५०/५५ खडकबहादुर कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दिगो विकासका लागि एकता नेपाल नामको संस्थाबाट राहत वितरणका लागि राक्सिराङ पुगेका कटुवाल एक्कासी लडेर बेहोस भए पछि उपचारको लागि अस्पाताल लाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।