पञ्चकन्या समुहमा कार्यरत कर्मचारीद्वारा एक सय २० जनालाई राहत

<p>काठमाडौं । पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले एक सय २० जनालाई राहत प्रदान गरेको छ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको हो । लकडाउनमा मजदुरलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै उद्योगमा कार्यरत ६० जना मजदुरलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का ६० जना राहत प्रदान [&hellip;]</p>

काठमाडौं । पञ्चकन्या समुहमा कार्यरत कर्मचारीले एक सय २० जनालाई राहत प्रदान गरेको छ ।  रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उद्योगमा कार्यरत मजदुर तथा वडाका विपन्न समुदायलाई राहत वितरण गरेको हो ।

लकडाउनमा मजदुरलाई दैनिक जीवनयापनमा समस्या परेको भन्दै उद्योगमा कार्यरत ६० जना मजदुरलाई तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का ६० जना राहत प्रदान गरिएको समुहका महाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।  मजदुर तथा विपन्न परिवारलाई राहत प्रदान गर्न सहयोग पुर्याउने उद्धेश्यले ५ लाख रुपैया सहयोग गरेका हुन् ।

टोल विकास सस्था र वडा कार्यालयको सिफारिषमा वडाका विपन्न परिवारलाई राहत प्रदान गरिएको हो । पञ्चकन्या समूहमा कार्यरत कर्मचारीहरुले प्रतिव्यक्ति १० केजी चामल, ५ केजी आटा, ५ केजी आलु, २ केजी चिउरा, २ केजी दाल,  नुन, तेल, सावुन लगाएतका सामाग्री प्रदान गरिएको हो ।

पञ्चकन्याका महाप्रबन्धक साहु, वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङ, वडा सदस्यहरु, टोल बिकास सस्थाका प्रतिनिधिहरु लगाएतको सहभागितामा राहत बितरण गरिएको हो । उद्योगमा कार्यरत कर्मचारीले चैत्र महिनाको आफ्नो पारिश्रमिकबाट केहि दिनको रकमकट्टा गरेर तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा सहयोग समेत गरेका छन् ।

Share News