काठमाडौं । आज विहानसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २६ लाख ३७ हजार ६ सय ७३ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ८४ हजार २ सय १७ जनाको मृत्यु भइसकेको छ भने ७ लाख १७ हजार ६ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ८ लाख ४८ हजार ९ सय ९४ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २१ हजार ३ सय ७० पुगेको छ भने अहिलेसम्म ६८१ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ४५ जना संक्रमित भएका छन् भने ७ जना निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार: वल्डोमिटर)