प्रिटोरिया । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोनाभाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गर्ने भएको छ ।
राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको स्थानीय संचार माध्यमहरुले बताएका छन् । उनलेआर्थिक प्याकेजको विस्तृत विवरण बिहीबार राष्ट्रका नाममा सम्बोधन गरी घोषणा गर्नु हुनेछ जानकारी दिए ।
दक्षिण अफ्रिकी अधिकारीहरुले मार्च २३ मा तीन साता लामो राष्ट्रव्यापी क्वारेन्टाइन घोषणा गरेका थिए । तर कोरोनाभाइरसको प्रसार बढेसँगै सरकारले अरु १५ दिन क्वारेन्टाइनको म्याद बढाएको थियो ।
दक्षिण अफ्रिकामा कोरोना संक्रमित व्यक्तिको संख्या तीन हजार ५ सय नाघेको छ भने कम्तीमा ५८ जनाको मृत्यु भएको छ । रासस–एएनआई