
काठमाडौं । चौधरी ग्रूप अन्तर्गत, सीजी इलेक्ट्रोनिक्सको अनलाइन एप सीजी डिजिटलबाट सामान किन्दा थप ५ प्रतिशत छुट पाइने भएको छ । कम्पनीले सीमित अवधिको लागि मात्र लागू हुने गरी यो योजना ल्याएको हो ।
जसअन्तर्गत ग्राहकले हरेक घरायसी सामाग्रीको पहिलो खरीदमा थप ५ प्रतिशत छुट पाउनेछन् । जसका लागि उनीहरुले आफ्नो मोबाइलमा एप प्लेस्टोर तथा एप स्टोरमा डाउनलोड गर्नुपर्ने हुन्छ ।
घरायसी सामाग्रीको खरीद पछि फ्री डेलिभरी सहित, क्यास अन डेलिभरी अथवा घरमै बसेर आफ्ना बैंक खाताबाट पनि भूक्तानी गर्न सकिनेछ । अब घरमै बसेर एपको माध्यमबाट घरायसी समाग्री खरीद गर्न सकिनेछ र घरमै डेलिभरीको पनि व्यवस्था रहेको छ ।
तर हाललाई डेलिभरीको सुबिधा केही समयको लागि स्थगित गरिएको छ, तैपनी ग्राहकहरुले सामाग्री किनेमा उक्त सामाग्री अहिलेको परिस्थिती अनुकुल भएपछी डेलिभरी गर्ने कम्पनीले जनाएको छ ।