त्रिवि स्नातक तह चौथो वर्षको पनि सबै परीक्षा स्थगित

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पनि स्नताक तह चौथों वर्षको सबै परीक्षा स्थगित गरेको छ । बिहिबार बसेको त्रिविको बैठकले अर्का सुचना नआएसम्मको लागि सबै परीक्षा रद्ध गरेको त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक डा&#x200d;. घनश्याम ठाकुरले बताएका हुन् । त्रिविले अर्का सुचना नआएसम्मको लागि बिएस्सी चौथों वर्ष, बिबिएस चौथों वर्ष र बि.एड चौथो वर्षको परीक्षा [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पनि स्नताक तह चौथों वर्षको सबै परीक्षा स्थगित गरेको छ ।

बिहिबार बसेको त्रिविको बैठकले अर्का सुचना नआएसम्मको लागि सबै परीक्षा रद्ध गरेको त्रिवि अन्तर्गतकाे परीक्षा नियन्त्रण कार्यलयका सह- परीक्षा नियन्त्रक डा‍. घनश्याम ठाकुरले बताएका हुन् ।

त्रिविले अर्का सुचना नआएसम्मको लागि बिएस्सी चौथों वर्ष, बिबिएस चौथों वर्ष र बि.एड चौथो वर्षको परीक्षा स्थगित गरेको हो ।

त्रिविले बुधबार नै पोस्ट ग्रेजुऐट डिप्लोमा ईन काउन्सिलिङ साईकोलोजी, स्कुल काउन्सिलिङ र पोस्ट गे्रजुऐट वुमन काउन्सिलिङको परीक्षा स्थगित गरेका छ ।

कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।

Share News