त्रिविको सबै स्थगित परीक्षा सहज वातवरण भएपछि मात्र हुन्छ: उपकुलपति धर्मकान्त बास्कोटा

<p>काठमाडौं । त्रिविको सबै स्थगित परीक्षा लकडाउन अन्त्य भई सहज वातवरण सिर्जन भएपछि मात्र संचालन हुने भएको छ । बुधबार एक विज्ञप्ती मार्फत त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले सबै स्थगित परीक्षा लकडाउन अन्त्य भई सहज वातवरण सिर्जन भएपछि क्रमश पुर्ण तालिका बनाई संचालन गर्न बताएका हुन् । कोरोनाभाईरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले चैत ६ गतेको एसईईको [&hellip;]</p>

काठमाडौं । त्रिविको सबै स्थगित परीक्षा लकडाउन अन्त्य भई सहज वातवरण सिर्जन भएपछि मात्र संचालन हुने भएको छ ।

बुधबार एक विज्ञप्ती मार्फत त्रिविका उपकुलपति धर्मकान्त बास्कोटाले सबै स्थगित परीक्षा लकडाउन अन्त्य भई सहज वातवरण सिर्जन भएपछि क्रमश पुर्ण तालिका बनाई संचालन गर्न बताएका हुन् ।

कोरोनाभाईरसको संक्रमणलाई मध्यनजर गर्दै सरकारले चैत ६ गतेको एसईईको साथै चैत महिनाको विश्वविद्यालयहरुको सबै परीक्षा स्थगित गरेको थियो ।

लकडाउन लम्बिएसँगै त्रिविको अन्य परीक्षा पनि स्थगित हुने त्रिवि अन्तर्गतको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

Share News