इरानले आईएमएफलाई भन्योः ऋण दिनमा भेदभाव हुनु हुँदैन, हामीलाई पनि ५ अर्ब डलर सहयाेग चाहियाे

<p>काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले बुधबार अन्तर्राष्ट्रिय य मुद्रा कोष (आईएमएफ) लाई कोरोना भाइरस विरुद्ध लड्न ५ अर्ब अमेरीकी डलरको आपतकालीन कोष प्रदान गर्न अपील गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोहानीले मन्त्रिपरिषद्को बैठकमा भनेका छन, ‘म अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्नो दायित्व पूरा गर्न अपिल गर्दछु, हामी आईएमएफका सदस्य हौं, ऋण दिनेमा कुनै भेदभाव [&hellip;]</p>

काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले बुधबार अन्तर्राष्ट्रिय य मुद्रा कोष (आईएमएफ) लाई कोरोना भाइरस विरुद्ध लड्न ५ अर्ब अमेरीकी डलरको आपतकालीन कोष प्रदान गर्न अपील गरेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोहानीले मन्त्रिपरिषद्को बैठकमा भनेका छन, ‘म अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्नो दायित्व पूरा गर्न अपिल गर्दछु, हामी आईएमएफका सदस्य हौं, ऋण दिनेमा कुनै भेदभाव हुनु हुँदैन ।’

उनले याे संकटकाे समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानलाई ऋण सहयाेग गर्नु पर्ने धारणा राखेका छन् । उनले विश्वभर फैलिरहेकाे काेराेना भाइरससँग लड्नकाे लागि ५ अर्ब अमेरिकी डलर ऋण सहयाेगकाे अपील गरेका हुन् ।

इरानी राष्ट्रपतिले पनि अमेरिकाले लगाएको प्रतिबन्धको घोर भर्त्सना गर्दै यसलाई आर्थिक र चिकित्सा आतंकवाद भएको धारणा राखेका छन् ।

इरानमा हालसम्म ६२ हजार ५ सय ८९ जना कोरोना संक्रमित रहेका छन् । जसमा ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । हालसम्म २७ हजार ३९ जना निको भएर घर फर्किसकेका छन् । (बीबीसी हिन्दी)

Share News