त्रिवि स्नातक चौथो वर्षको परीक्षा पनि स्थगित हुने

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातक चौथों वर्षको परीक्षा सर्न भएको छ । मंगलबार कक्षा ११ र १२ को परीक्षा स्थगित भएसँगै बैशाख १६ गतेदेखि हुने भनिएको स्नातक चौथो वर्षको परीक्षा सर्न परीक्षा नियन्त्रण कार्यलयका सह-परीक्षा नियन्त्रक घनश्याम ठाकुरले बताए । परीक्षा कति समयकाे लागि स्थगित भएको सुचना केही दिनमै सार्वजनिक गर्न उनले बताए । प्रश्नपत्र छाप्नुपर्ने, ठाउँठाउँमा [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातक चौथों वर्षको परीक्षा सर्न भएको छ ।

मंगलबार कक्षा ११ र १२ को परीक्षा स्थगित भएसँगै बैशाख १६ गतेदेखि हुने भनिएको स्नातक चौथो वर्षको परीक्षा सर्न परीक्षा नियन्त्रण कार्यलयका सह-परीक्षा नियन्त्रक घनश्याम ठाकुरले बताए ।

परीक्षा कति समयकाे लागि स्थगित भएको सुचना केही दिनमै सार्वजनिक गर्न उनले बताए । प्रश्नपत्र छाप्नुपर्ने, ठाउँठाउँमा पुराउनुपर्ने, केन्द्र तोक्ने कामहरु यो अवस्थामा हुन नसक्ने भएकोले परीक्षा स्थगित गर्न लागिएको उनले जानकारी दिए ।

कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको चैतकाे परीक्षा स्थगित गरेको थियो ।

Share News