
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको छ ।
सरकारले बैशाख ३ गतेसम्मको लागि लकडाउन लम्बाएसँगै कक्षा ११ र १२ को परीक्षा अर्का सुचना नआएसम्मको लागि स्थगित गरेको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद आर्यलले बताएका हुन् ।
मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गर्न निर्णय गरेकाे आर्यलले बताए ।
कोरोनाको संभावित संक्रमणलाई लिएर सरकारले चैत ११ गते देखि देशभर लकडाउन गरिरहेको छ । यसअघि शिक्षा मन्त्रलायले चैत ६ गतेको एसईई र सबै विश्वविद्यालयको परीक्षा स्थगित गरेको थियो ।
यद्यपी कक्षा १२ को परीक्षा एक बैशाख ८ र ११ काे बैशाख २१ गते देखि रहेकोले एक महिनामा सबै शान्त भई परीक्षा हुने आशा गरिएको थियो ।