पोखरामा देखिएको भनेका सातौं कोरोना केस पोजेटिभ हाईन: प्रवक्ता डा. विकास देवकोटा

<p>काठमाडौं । पोखरामा देखिएको भनेका सातौ कोरोना केस पोजेटिभ नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड– १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. विकास देवकोटाले पोखरामा देखिएको भनेको केस पोजेटिभ नभएको बताएका हुन् । नेपालमा हालसम्म ६ जना कोरोना संक्रमित देखिएका छन् । त्यसमा एकजना पुर्ण रुपमा निको भएर घर फर्किसकेका [&hellip;]</p>

काठमाडौं । पोखरामा देखिएको भनेका सातौ कोरोना केस पोजेटिभ नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड– १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्याका प्रवक्ता डा. विकास देवकोटाले पोखरामा देखिएको भनेको केस पोजेटिभ नभएको बताएका हुन् ।

नेपालमा हालसम्म ६ जना कोरोना संक्रमित देखिएका छन् । त्यसमा एकजना पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् ।

हिजोमात्रै बेल्जियमबाट आएकी ६५ वर्षिय वृद्धामा कोरोनाको छैटौं संक्रमण भेटएिको थियो ।
उनी दोस्रो र पाँचौं संक्रमितसँगै चैत ४ गते कतार एयरवेजको फ्लाईट नं क्यु आर ६५२ मा दोहाबाट नेपाल आएकी थिईन् ।

शुक्रबार साँझ ४ बजेसम्म नेपालमा कुल १३ सय ५६ जनाको कोरोना परीक्षण भएको छ । नपालभर १ सय २० जना आईसोलेसनमा छन् ।

Share News