महालक्ष्मी लाईफ इन्स्योरेन्सका सीईओ भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता दिने

<p>काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् । उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । उक्त रकमको चेक लकडाउन [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रमेश कुमार भट्टराईले कोरोना रोकथाम कोषमा २ महिनाको तलब भत्ता बराबरको रकम दिने भएका छन् ।

उनले इन्स्योरेन्सको सीईओको हैसियतले आफुले पाउने २ महिनाको तलब भत्ता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।

उक्त रकमको चेक लकडाउन खुलेपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने उनले बताएका छन् । तर उनले कति पैसा भुक्तानी गर्दैछन् भनेर खुलाइएकाे छैन ।

Share News