अमेरिकाले दियाे ५ मिनेटमा काेराेना पत्ता लगाउने मेसिनलाई अनुमति, ट्रम्पले भने-धेरै नै विश्वासिलो छ

<p>काठमाडौं । अमेरिकी हेल्थ केयर कम्पनी एबोट ल्याबरोटोरीले पाँच मिनेटमा कोरोना भाईरस पत्ता लगाउने मेसिन प्रयोग गर्न मान्यता पाएको छ । अमेरिकाका खाद्य तथा औषधी प्रशासन एफडिएले एबोटको मेसिनलाई मान्यता दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । राष्ट्रपति ट्रम्पले पनि सोमबार ह्वाईट हाउसको ब्रिफिङमा उक्त मेसिनलाई धेरै नै विश्वासिलो बताएका थिए । यस्तै, उनले एबीसी न्यूजसँगकाे [&hellip;]</p>

काठमाडौं । अमेरिकी हेल्थ केयर कम्पनी एबोट ल्याबरोटोरीले पाँच मिनेटमा कोरोना भाईरस पत्ता लगाउने मेसिन प्रयोग गर्न मान्यता पाएको छ । अमेरिकाका खाद्य तथा औषधी प्रशासन एफडिएले एबोटको मेसिनलाई मान्यता दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले पनि सोमबार ह्वाईट हाउसको ब्रिफिङमा उक्त मेसिनलाई धेरै नै विश्वासिलो बताएका थिए ।

यस्तै, उनले एबीसी न्यूजसँगकाे एक अन्तर्वार्तामा एबटको अनुसन्धान र विकासका उपाध्यक्ष, डा. जोन फ्रेल्सले भनेका थिए, ‘उक्त यो हालको सबैभन्दा छिटो समयमा हेरचाह गर्न सक्ने परीक्षण मेसिन हुनेछ । यसले ५ मिनेटमा सकारात्मक नतिजा र १३ मिनेटमा नकरात्मक परिणाम दिन्छ ।’

Share News