भरतपुरको सरस फुड इन्डस्ट्रीमा आगलागी

<p>काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको  ४  नम्बर वडा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । हाल भरतपुर महानगरपालिकाका, खैरहनी नगरपालिकाको र नेपाली सेनाको दमकलद्वारा आगो निभाउने काम भइरहेको छ । उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी भएको थियो । आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । आगलागी विद्युत सर्टका कारण [&hellip;]</p>

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको  ४  नम्बर वडा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । हाल भरतपुर महानगरपालिकाका, खैरहनी नगरपालिकाको र नेपाली सेनाको दमकलद्वारा आगो निभाउने काम भइरहेको छ । उद्योगमा मंगलबार बिहान करिब ५ बजे आगलागी भएको थियो ।

आगो लगभग नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । आगलागी विद्युत सर्टका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

Share News