महालक्ष्मी लाईफको चार दिने तालिममा १७ जना प्रशिक्षार्थीहरु सहभागी

<p>काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि व्यवस्थापन प्रशिक्षार्थीहरुको चार दिने तालिम सम्पन्न गरेको छ। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित तालिममा १७ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए। चैत ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबारसम्म भएको थियो। जीवन बीमाको आधारभूत विषयहरु लगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र [&hellip;]</p>

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले उपत्यका भित्रका शाखाहरु तथा विभिन्न क्षेत्रिय कार्यालयको लागि व्यवस्थापन प्रशिक्षार्थीहरुको चार दिने तालिम सम्पन्न गरेको छ। प्रधान कार्यालय काठमाण्डौको तालिम हलमा संचालित तालिममा १७ जना प्रशिक्षार्थीहरु सहभागि भएका थिए।

चैत ४ गते मंगलबारबाट संचालित उक्त तालिम ७ गते शुक्रबारसम्म भएको थियो।

जीवन बीमाको आधारभूत विषयहरु लगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा तालिम प्रदान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र रामेश्वर श्रेष्ठ, नायव महाप्रबन्धक सपना देवकोटा खरेल र प्रशान्तराज धमला, एजेन्सी विभाग प्रमुख सिताराम धिमाल र अण्डरराईटिङ विभाग प्रमुख प्रभाकर न्यौपनेले तालिम प्रदान गरेका थिए ।

Share News