त्रिविले पनि गर्यो सबै परीक्षा स्थगित गर्ने निर्णय (सूचनासहित)

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले भोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्न निणर्य गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका सबै परीक्षा र नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले विकासन्यूजलाई जानकारी दिए । ‘एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए, हामीले मात्र यस्तो अवस्थामा [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले भोलीबाट हुने भनिएको सबै वार्षिक र सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गर्न निणर्य गरेको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले विश्वविद्यालयका सबै परीक्षा र नियमित कक्षाहरू चैत मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको त्रिविका उपकुलपति प्राडा. धर्मकान्त बाँस्कोटाले विकासन्यूजलाई जानकारी दिए ।

‘एसईईदेखि सीटीभीटीसम्मका सबै परीक्षा स्थगित भए, हामीले मात्र यस्तो अवस्थामा परीक्षा सञ्चालन गर्नु उपयुक्त देखिएन, त्यसैले परीक्षा स्थगित गर्नका लागि अहिले बैठक बस्यौं, बैठकमा सबैले स्थगित गर्ने भन्ने कूरा गरेपछि स्थगित गर्ने निर्णय गर्यौं’, उनले भने ।

उनले परीक्षासँगै त्रिविअन्तर्गतका सबै क्याम्पसहरुकाे पठनपाठन पनि बन्द गरिएको जानकारी दिए । शिक्षा मन्त्रलायले भने बुधबार साँझ नै एसईई लगायतका सबै परिक्षाहरु बन्द गर्न निर्णय गरेको थियो ।

तर, त्रिवि एक स्वायत संस्था भएकोले शिक्षा मन्त्रलायको निर्णयले त्रिविको परिक्षा रोकिने निश्चित नभएको भन्दै त्रिविले आज आपतकालिन बैठक बोलाएको थियो ।

त्रिविमा अहिले विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको छ  । एमए दोस्रो सेमेस्टरको ९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि परीक्षा–तालिका सार्वजनिक भएको थियो ।

Share News