काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पहिलाको जस्तै सक्रिय हुन ६ महिना लाग्ने प्रधानमन्त्रीका चिकित्सकहरुले बताएका छन् ।
यस्तै प्रधानमन्त्रीले एक महिनामा बैठक राख्न सक्ने तर भिडभाडमा जान नहुने डा. दिव्यसिंह शाहले बताइन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीका शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएकी हुन् ।
यस्तै प्रधानमन्त्रीलाई हालकाे लागि डिस्चार्ज नगर्न चिकित्सकलहरुले बताएका छन् । ओली निवासमा जाँदा भेटघाट बढ्नुको साथसाथै अन्य कार्यक्रममा पनि सक्रियता बढ्ने सम्भावनाका कारण संक्रमणको जोखिम ज्यादा हुने भएकोले केहि दिन अस्पतालमै राख्न परिवारका सदस्यले आग्रह गरेपछि डिस्चार्ज नगर्ने चिकित्सकले बताएका छन्। उनकाे डिस्चार्ज शुक्रबार हुनसक्ने शाहले बताइन् ।
प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो।