भारतले प्रतिबन्ध लगाएको औषधी बङ्लादेशबाट आयात गरिने, २ करोड ट्याबलेट प्यारा सिटामोल तत्कालै ल्याइने

<p>काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले बङ्लादेशबाट औषधि आयात गर्ने भएको छ । नेपाल औषधी व्यवसायी संघले बङ्लादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउने तयारी थालेको छ । नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले नेपालमा औषधी अभाव हुन नदिन बङ्लादेशसगँ २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भइसकेको बताए [&hellip;]</p>

काठमाडौं । भारतले २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले बङ्लादेशबाट औषधि आयात गर्ने भएको छ । नेपाल औषधी व्यवसायी संघले बङ्लादेशबाट २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउने तयारी थालेको छ ।

नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहेर श्रेष्ठले नेपालमा औषधी अभाव हुन नदिन बङ्लादेशसगँ २ करोेड ट्याबलेट प्यारा सिटामोल ल्याउन सहमति भइसकेको बताए ।

‘भारतले औषधीको निर्यातमा प्रतिबन्ध लगाएपछि हामीले बङ्लादेशका औषधी उत्पादकहरुसगँ बसेर औषधी आयातको लागि सहमति गरिसकेका छौं, नेपालमा औषधीको कमि भएकाेमा हामीले बङ्लादेशबाट भारतले प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिहरु नै आयात गर्न सिकेन छऽ’ श्रेष्ठले भने ।

उपभोक्ताले आफुलाई चाहिनेभन्दा धेरै औषधी किनेर नराख्न समेत श्रेष्ठ आग्रह गरे । औषधी खाद्यान्न जस्तो नभएकाेले र यसकाे  डेट सकिए पछि प्रयोग गर्न नसकिने हनाले किनेर नराख्न आग्रह गरेका हुन् ।

भारतले २० फागुनदेखि प्यारासिटामोल र भिटामिन बी कप्लेक्ससहित अन्य २६ प्रकारका औषधीको निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

कोरोनाविरुद्ध लडाईंको क्रममा आवश्यक पर्ने औषधी निर्यात गरे आन्तरिक बजारमा चरम अभाव हुने भन्दै भारतले निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

नेपालले आवश्यक अधिकांश औषधी भारतबाट आयात गर्दै आएको थियो । त्यसमा पनि भारतले दैनिक जीवनमा अत्यावश्यक औषधी र त्यसको कच्चा पदार्थ निर्यातसमेत बन्द गरेपछि त्यसको प्रत्यक्ष प्रभाव रोक्न बङ्लादेशबाट औषधी आयात गर्न लागिएको हो ।

भारतले केही एन्टिबायोटिक्स र भिटामिनहरू तथा प्यारासिटामोलको निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसैगरी भिटामिन बी १, भिटामिन बी २, भिटामिन बी ६, भिटामिन बी १२ र ती औषधि उत्पादनका लागि आवश्यक पर्ने रसायनको निर्यातमा समेत रोक लगाइएको छ ।

Share News