काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले सरकारले साना उद्योगीहरुलाई अनुदान दिएर सामाजिक सुरक्षा कोषमा सहभागी गराउन सक्ने बताएका छन् । ग्रील तथा स्टील ब्यवसायी सघ गोङगबु बालाजु इकाइ समितिको पाचौ साधारण सभाको उदघाटन गर्दै उनले सो कूरा बताएका हुन् ।
सरकारको नीतिका कारण अधिकांश ग्रील उध्योगीहरु चाहेर पनि कानुनी दायरामा आउन नस्कदा ब्यवासाय ब्यवस्थित हुन नसकेको जानकारी गराउँदै सरकारले घोषणा गरेको सामाजिक सुरक्षाकोसमा जान समेत बाधा परेको बताए । उनले अधिकांश श्रमिकलाई सामाजिक सुरक्षाकोशको बारेमा जानकारी नभएकोले श्रमिकहरु स्वस्फूर्त सामाजिक सुरक्षा कोसमा जान नचाहेको कारण सचेतना कार्यक्रमलाइ व्यापक रुपमा सचालन गर्ने र साना उध्योगिहरुलाइ सरकारले शुरुमा केही अनुदान दियेर सामाजिक सुरक्षाकोसमा जान सक्ने बातावरण बनाउनु पर्ने बताए ।
उनले ब्यवसायीहरु लाई बिश्वमा फैलिरहेकाे किरोना भाइरसदेखि नआत्तिन तर सचेत रहन आग्रह गरे । कोरनाको कारण ग्रील तथा स्टील ब्यवसाय संकटमा परेको र यस्तै अवस्था रहेमा उध्योग बन्द गर्नुको बिकल्प नभएकोले सरकारले कोरना भित्रिन नदिन देशभित्र पस्ने र बाहिरिने नाकाहरुमा सावधानी र स्वास्थ परिक्षणलाई प्रभाबकरी रुमा कार्यान्वयन गर्नु पर्ने बताए ।
साधारण सभाका सभापती एवम गोङबु इअकाइका अध्यक्ष शिबलाल श्रेस्ठले अबैध ब्यवसायीले घरघरमा गएर गुण्सस्तरहिन काम गर्ने अस्वस्थ प्रतिस्पर्धा गर्ने प्रचलनले स्थापित ग्रील ब्यवसयी मारमा परेको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कटुवालले उत्कृष्ट ब्यवसायीहरुलाइ सम्मान समेत गरेका थिए ।