पञ्चकन्या ग्रुपले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

<p>काठमाडौं । पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रम एक–आपसमा शुभकामना आदान–प्रदान गरी मनाइएकाे हाे । कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो । सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न [&hellip;]</p>

काठमाडौं । पञ्चकन्या ग्रुपले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रम एक–आपसमा शुभकामना आदान–प्रदान गरी मनाइएकाे हाे ।

कार्यक्रममा पञ्चकन्या ग्रुपका उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ, निर्देशक सुश्री नितिशा श्रेष्ठ तथा कर्मचारीहरुको उपस्थिति थियो ।

सबै वक्ताहरुले नारीको महत्वबारे मन्तव्य दिएका थिए भने ग्रुपमा कार्यरत महिलाहरुको उत्साह अभिवृद्धि गर्न विभिन्न उपहारहरुसमेत कार्यक्रममा प्रदान गरिएको थियो ।

Share News