महिला सशक्तिकरण अभियान गर्दै दराज

<p>काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष “जागृति” अभियान सञ्चानल गर्ने भएको छ । अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु रहेको दराजले बताएको छ । अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा “विमेन एक्ट” नामक एक महिला [&hellip;]</p>

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष “जागृति” अभियान सञ्चानल गर्ने भएको छ ।

अभियानको प्राथमिक उद्देश्य महिला विक्रेता तथा उद्यमीहरुको उत्पादनहरूको प्रचार गरी दराजको हजारौं ग्राहकहरुको बीच पुर्याउनु रहेको दराजले बताएको छ ।

अभियानको माध्यमबाट उठेको सम्पूर्ण आम्दानीको १०% हिस्सा “विमेन एक्ट” नामक एक महिला सशक्तिकरणमा आधारित गैरसरकारी संस्थालाई दिने दराजले बताएको छ ।
अभियान यहि मार्च ८ देखि मार्च १६ सम्म चल्नेछ ।

यस्तै दराजसँग एकता देखाउँदै सनराइज बैंकले अन्तराष्ट्रिय महिला दिवसमा १५% वा रु १,५०० सम्मको छूट दिने भएको छ । छूटको लाभ लिनका लागि ग्राहकहरूले उनीहरूको सनराइज बैंकको क्रेडीट÷डेबीट कार्ड मार्फत पूर्व भुक्तानी वा “प्रीपेमेन्ट्” गर्नुपर्नेछ ।

यसबाहेक, दराजमा महिला फेशन, स्वास्थ्य र सौन्दर्य, र जीवनशैली उत्पादनहरूमा पनि अतिरिक्त छूट र अफरहरु रहेका छन् ।

साथै ग्राहकहरूले भाउचर मार्फत रु १५० देखि रु ३५० सम्मको छूट पनि पाउन सक्नेछन् ।

दराजले आफ्ना महिला विक्रेता र उद्यमीहरूका धेरै कथाहरू भीडीयोमा रेकर्ड पनि गर्दै आएका छ। उक्त भीडीयोहरुमा उनीहरूले आफ्नो संघर्ष, सफलता, उनीहरूको व्यवसाय मार्फत अन्य महिलाहरूलाई सशक्तिकरण गर्दै आएको र दराजले दिएको साथको बारे व्याख्या गरेको छन्। दराजको यूट्यूब च्यानलमा उनीहरूका कथाहरू हेर्न सकिन्छ ।

Share News