एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई सहयोग, ४ सय ७६ विद्यार्थी लाभान्वित हुने

<p>काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो । मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको श्री देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ । बैंकले फर्निचर सामग्री खरिद गर्नका लागि उक्त विद्यालयलाई सो मात्राको सहयोग गरेको हो ।

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक नारायण नेपाललाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकको सहयोगले विद्यालयमा अध्ययनरत ४ सय ७६ विद्यार्थीहरू लाभान्वित हुनेछन् । उक्त सहयोगले विद्यालयको डेक्स, बेन्च लगायत आवश्यक शैक्षिक पूर्वाधारमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

Share News