काठमाडौं । दक्षिण कोरियामा कोरोनाको संक्रमण बढेसँगै राष्ट्रपति मुन जाइ इनले २५ अर्ब अमेरिकी डलर छुट्याएको छ ।
पछिल्लो समय कोरोनाका विरामी अत्याधिक बढिरहेको अवस्थामा सरकारले उक्त रकम रोग नियन्त्रणको घोषणा गरेको योन्हाप न्युज एजेन्सीले जानकारी दिएको छ । हालसम्म कोरियामा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ८ सय १२ पुगेको छ भने २८ जनाको मृत्यु भइसकेको छ ।
राष्ट्रपति मुनले २४ घन्टे आकस्मिक कक्ष सबै सरकारी कार्यालयमा निर्माण गर्न आदेश दिएका छन् । एक चर्चबाट भाइरस फैलिएको थियो। अहिले संक्रमित भएकाहरूमध्ये ६० प्रतिशत सोही चर्चमा जानेहरू रहेको बताइएको छ।