जनरल इन्स्योरेन्सले दियो निर्जीबन बीमा अभिकर्ता तालिम

<p>काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बुटवलमा निर्जीवन बीमा अभिकर्ता तालिम दिएको छ । कम्पनीले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा गत फागुन १५ गते देखि १७ गतेसम्म ३ दिने आधारभुत तालिम दिएको हो । उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा विस्तृत तालिम प्रदान गरिएको [&hellip;]</p>

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालले बुटवलमा निर्जीवन बीमा अभिकर्ता तालिम दिएको छ । कम्पनीले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा गत फागुन १५ गते देखि १७ गतेसम्म ३ दिने आधारभुत तालिम दिएको हो ।

उक्त तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौती साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो ।

सोही तालिममा बीमा अभिकर्ताको भुमिका र निर्वाह, कृषि बाली तथा पशुपंक्षी बीमाको बारेमा समेत जानकारी दिएको थियो ।

३४ जना अभिकर्ताहरुको सहभागिता रहेको उक्त तालिममा सफलतापुर्बक तालिम लिने अभिकर्ताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

Share News