काठमाडौं । काठमाडौं इन्ष्टिच्युट अफ टेक्नोलोजीका विद्यार्थीले हेरचार डटकममा इन्टर्न गर्न पाउनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा हेरचारका प्रबन्धक उत्सव भट्टराई र काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका प्रबन्ध निर्देशक सुनिल कुमार चालिसेले हस्ताक्षर गरेका हुन् ।
पहिलो सम्झौताअनुशार हेरचारले काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका विद्यार्थीहरुलाई अझ सक्षम र दक्ष बनाउनको लागि इन्टर्नको व्यवस्था गरेको छ भने दोस्रो सम्झौतामा काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिमा अबका दिनहरुमा आइपर्ने मर्मत तथा संम्भार सम्बन्धि कार्यहरुको सेवा हेरचारले दिने व्यवस्था गरेको उल्लेख गरिएको छ ।
५वर्ष भित्रमा ५ हजार भन्दा बढी युवाहरुलाई देशमै रोजगारी दिने लक्ष्य लिएर हिडेको हेरचारले दक्ष प्राविधिकहरु उत्पादन गरिरहेको शैक्षिक संस्था काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजीसँगको सम्झौताले थप उर्जा प्रदान गरेको हेरचारका प्रबन्धक उत्सव भट्टराईले बताए ।
आफ्नो संस्थाबाट प्राविधिक सम्बन्धि शिक्षा हासिल गरी हेरचार जस्तोसंस्थामा आफ्ना विद्यार्थीहरुलाई इन्टर्न गराई विद्यार्थीहरुको रोजगारीको बाटो अझ सुनिश्चित गराउन पाउ“दा आफुलाई धेरै खुसि लागेको काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजिका प्रबन्ध निर्देशक सुनिल कुमार चालिसेले बताए ।
सञ्चालनको दुई वर्षमै नेपालका बैङ्क, इन्स्योरेन्स, व्यापारिक घरानाहरु सहित व्यक्तिगत घरहरु गरी १ हजार भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको हेरचार डटकमको युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने लक्ष्यमा काठमान्डौ इन्स्टिट्युट अफ टेक्नोलोजि संस्थाको साथले हौसला प्रदान गरेको प्रबन्धक भट्टराईले बताएका छन् ।