गण्डकी विकास बैंकद्वारा विद्यालयलाई फर्निचर सामाग्री हस्तान्तरण

<p>काठमाडौं । गण्डकी विकास बैंकले पोखरा महानगरपालिका बेगनासस्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको हो । यसरी वितरण गरिएका समाग्रीहरुमा १५ जना सम्म बस्न मिल्ने ५ वटा सोफा, २ वटा अफिस टेबल तथा कार्पेट लगायतका सरसामाग्रीहरु रहेका थिए [&hellip;]</p>

काठमाडौं । गण्डकी विकास बैंकले पोखरा महानगरपालिका बेगनासस्थित आनन्द ज्योति माध्यमिक बिद्यालयलाई फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु अध्यक्ष सुशिल गौचनको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

यसरी वितरण गरिएका समाग्रीहरुमा १५ जना सम्म बस्न मिल्ने ५ वटा सोफा, २ वटा अफिस टेबल तथा कार्पेट लगायतका सरसामाग्रीहरु रहेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले गण्डकी विकास बैंक नेपाल अधिराज्यभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधाहरु विशिष्टकृत रहेको बताए ।

विद्यालयका प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए भने व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीले बैंकले प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै विद्यालयको उन्नयन एवं विकासका लागि आगामि दिनमा समेत बैंकले यस प्रकारको सहयोग पु¥याउने छ भन्ने आशा व्यक्त गरे ।

बैंकका सञ्चालक किशोर ओझा, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा समेतको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गरेका हुन् ।

Share News