महाराजगंजस्थित दिपज्योति ओभरसिजको कारोबार रोक्का

<p>काठमाडौं । महाराजगंजस्थित दिपज्योति ओभरसिज प्रा.लिको कारोबार हाल रोक्का गरिएको छ । उक्त कम्पनीले विदेश पठाउने बहाना बनाएर विभिन्न व्यक्तिहरुबाट रकम उठाइरहेको भनी मौखिक एवं लिखित जानकारीका आधारमा विभागले अनुसन्धान गरी सो कम्पनीको सम्पूर्ण आर्थिक कारोबार रोक्का गरेको हो । यस कम्पनीबाट वैदेशिक रोजगारसम्बन्धी कुनै पनि कारोबार नगर्नु नगराउनु हुन वैदेशिक रोजगार विभागले सूचना प्रकाशित [&hellip;]</p>

काठमाडौं । महाराजगंजस्थित दिपज्योति ओभरसिज प्रा.लिको कारोबार हाल रोक्का गरिएको छ ।

उक्त कम्पनीले विदेश पठाउने बहाना बनाएर विभिन्न व्यक्तिहरुबाट रकम उठाइरहेको भनी मौखिक एवं लिखित जानकारीका आधारमा विभागले अनुसन्धान गरी सो कम्पनीको सम्पूर्ण आर्थिक कारोबार रोक्का गरेको हो ।

यस कम्पनीबाट वैदेशिक रोजगारसम्बन्धी कुनै पनि कारोबार नगर्नु नगराउनु हुन वैदेशिक रोजगार विभागले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

Share News