काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षा विभाग अन्तर्गतको अंग्रेजी शिक्षा विभागको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा तेश्रो वार्षिक ईएलटी र एप्लाइड भाषाशास्त्रीय सम्मेलन सम्पन्न भएको छ ।
अंग्रेजी भाषाको विश्वव्यापी प्रभाव र प्रयोग, यसको महत्व र यसको विश्वभर रहेको पहुँच लाई मध्यनजर गर्दै अंग्रेजी भाषाको शिक्षण सिकाई र प्रभावकारीता सम्बन्धी ईएलटी र एप्लाइड भाषाविज्ञान विविधता ः मिडिया र सामग्री भन्ने मुख्य विषयमा सो कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल भित्र र अन्य विभिन्न मुलुकका विश्वविद्यालय तथा शिक्षण संस्थाहरुमा कार्यरत विभिन्न प्राज्ञिक व्यक्तित्व, विभिन्न विद्यालय तथा कलेजहरुमा अध्यापनरत शिक्षक शिक्षिकाहरु लगायत त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागी देश तथा विदेशका विभिन्न संस्था तथा निकायबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले अंग्रेजी भाषा सम्बन्धी विभिन्न शिर्षकमा आधारित रहेर प्रस्तुतीहरु समेत दिएका थिए ।