काठमाडौं, १९ जेठ । गत बैशाख १२ गतेको महाभूकम्पमा परि भत्किएको रानी पोखरी आगामी तिहारबाट सञ्चालनमा आउने भएको छ । ६ करोड २९ लाख रुपैंयाँ लागतमा पुननिर्माण भैरहेको रानी पोखरी आगामी भाइटीकादेखि सञ्चालनमा ल्याउन लागिएको हो ।
राष्ट्रय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भने– आगामी तिहारभित्रै रानी पोखरी सञ्चालनमा ल्याउने गरि निर्माण भैरहेका छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि तिहारसम्ममा रानी पोखरी तयार हुने बताए ।‘तिहारसम्ममा रानी पोखरीको पहिलो चरणको निर्माण सम्पन्न हुनेछ, त्यसपछि त्यो सर्व साधारणका लागि निरन्तर खुल्ला रहनेछ ।’, कार्कीले भने ।
तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीलाई वियोग भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।