महिला सहयात्रा लघुवित्तले सम्पन्न गर्यो २ दिने कर्मचारी तालिम

<p>काठमाडौं । मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले दुई दिने “कर्मचारी पुनर्ताजगी तालिम” सम्पन्न गरेको छ । संस्थाले उक्त तालिम प्रदेश नम्बर २ र ३ का सहायक स्तरका कर्मचारीहरुको सहभागितामा फागुन १ देखि २ गतेसम्म हेटौडामा सम्पन्न गरेको हो । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियो [&hellip;]</p>

काठमाडौं । मकवानपुर जिल्लाको चित्लाङमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले दुई दिने “कर्मचारी पुनर्ताजगी तालिम” सम्पन्न गरेको छ । संस्थाले उक्त तालिम प्रदेश नम्बर २ र ३ का सहायक स्तरका कर्मचारीहरुको सहभागितामा फागुन १ देखि २ गतेसम्म हेटौडामा सम्पन्न गरेको हो ।

यस संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमित्रा मानन्धर गुरुङले भिडियो मार्फत सहभागि कर्मचारीहरुलाई संस्थाको उद्देश्य बमोजिम कार्य गर्न तथा सदस्यहरुको कर्जा बचतको जानकारी दिएकी थिइन् । साथै, उनले सीप तथा उद्यमशिलता तालिम मार्फत आयस्रोत बृद्धिको लागी कर्मचारीहरु लागि पर्न सल्लाह सुझाब दिएकी थिइन् ।

यस तालिममा शाखा व्यवस्थापन, केन्द्र बैठक व्यवस्थापन, कर्मचारी व्यवहार, कर्जा व्यवस्थापन तथा असुली, लेखा व्यवस्थापन, उद्यमशील विकास र ट्याबलेट बैंकिङ सम्बन्धि तालिम दिइएको छ । यस तालिममा केन्द्रीय कार्यालयका वित्त विभाग प्रमुख सरीता श्रेष्ठ, जनशक्ति विभाग प्रमुख कमल कुमार काफ्ले, कर्जा विभाग प्रमुख निराजन श्रेष्ठ, अनुगमन विभाग प्रमुख सुजीत खतिवडा, जोखिम व्यवस्थापन तथा असुली विभागका शंकर थापा, आइटी विभागका संजिव मानन्धरले सिकाएका थिए । यस क्रममा लघुवित्त कार्यक्रमको फिल्डमा देखा परेको विभिन्न चुनौती तथा समस्याहरुलाई चिर्दै फिल्डको व्यवस्थापन गर्न र फिल्ड कर्मचारीहरुलाई सबैले जिम्मेवार तथा गम्भिर भएर गुणस्तरीयता कायम गर्नु पर्ने जानकारी गराईएको थियो ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस महिला सहयात्राले दुर्गम तथा विकट बैंकिङ पहुंच नपुगेको स्थानहरुमा ३४ वटा शाखा मार्फत ३५ हजार सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत वचत, कर्जा, रेमिटान्स, लघुबीमा र उद्यमशील विकास तालिम सेवा प्रदान गर्दै आइरहेको छ । साथै, यस संस्थाले ३७ करोड वचत संकलन गरी १ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ ।

Share News