काठमाडौं । कक्षा ११ र १२ का विद्यार्थीहरुले फागुन ११ गतेसम्म परीक्षा फारम बुझाईसक्नु पर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डले सुचना जारी गर्दै फागुन ११ गतेसम्म कक्षा ११ र १२ का विद्यार्थीहरुले वार्षिक परीक्षाको परीक्षा फारम बार्डमा बुझाईसक्नु पर्ने जनाएको हो ।
बोर्डले यस अघि माघ २८ लाई फारम भर्न अन्तिम मिति बताएको थियो ।
परीक्षा फारम भर्न छुटेकाले प्रतिविद्यार्थी १२ सय शुल्क फागुन ६ गते भित्र बोर्डको नाममा जम्मा गरि बुझाईसक्नु पर्नछ ।
यस्तै बाेर्डले यसपटक ११ वर्ष अगाडि प्लस टु को परीक्षा पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने व्यवस्था गरेकाे छ ।
२०६५ साल देखि २०७१ सम्मका प्लस टु पास गर्न नसकेकाहरुलाई अन्तिम पटक परीक्षा दिन पाउने व्यवस्था गरेकाे हाे ।
सम्बन्धित समाचार
११ वर्ष अगाडि प्लस टु पास गर्न नसकेकाले अन्तिम पटक परीक्षा दिन पाउने