काठमाडौं । होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेताका साथै ज्योति ग्रुपको एक अग्रणी कम्पनी, स्याकार ट्रेडिङ्ग कम्पनीले बुधबार हेटौंडामा होण्डा बाइकको लागि आफ्नो नयाँ थ्रि एस डिलरशिप “टाइमस् अटोहब प्रा.लि” को उद्घाटन गरेको छ ।
मकवानपुरमा अवस्थित होण्डाको उक्त शोरुमलाई मकवानपुर उद्योग वाणिज्यका अध्यक्ष कृष्ण कटुवाल, स्याकार ट्रेडिङ्गका लागि होण्डा मोटरसाइकलका जेनेरल म्यानेजर सोहन श्रेष्ठ र स्याकार ट्रेडिङ्गका लागि स्पेयर पार्टस्का जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
ग्राहकहरुका लागि बिक्री, सर्भिस र स्पेयर्स पार्टस्मा उच्चस्तरीय सेवा प्रदान गर्न टाइमस् अटोहब प्रतिबद्ध रहेको छ । होण्डाका ग्राहकहरुले अब नेपालकै सबैभन्दा सस्तो ९.९९% को ब्याजदरमा सरल र सहज हिसाबले “सोही दिन कर्जा सुविधा” समेत प्राप्त गर्न सक्नेछन् । सोही अवसरमा प्रबन्धक निर्देशक शिवराम श्रेष्ठले टाइमस् अटोहब, ग्राहकहरुको अपेक्षा पूरा गर्न हरेक पल तत्पर रहेको जानकारी गराए ।