विश्वविद्यालयमा पढाउन राष्ट्रिय योग्यता परीक्षा पास गर्नुपर्ने

<p>काठमाडौं । विश्वविद्यालयमा पढाउन र अनुसन्धान गर्न राष्ट्रिय योग्यता परीक्षा पास गर्नुपर्न भएको छ । उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ८ मा यस्तो उल्लेख गरिएको छ । विधेयकको मस्यौदामा, ‘उच्च शिक्षण संस्थाहरूमा प्राध्यापक र अनुसन्धान गर्ने व्यक्तिको राष्ट्रिय योग्यता परीक्षा (नेसनल इलिजिबिलिटी टेस्ट) सञ्चालन गर्ने र परीक्षा उत्तीर्ण गरेको व्यक्तिले मात्र प्राध्यापन गर्न पाउने [&hellip;]</p>

काठमाडौं । विश्वविद्यालयमा पढाउन र अनुसन्धान गर्न राष्ट्रिय योग्यता परीक्षा पास गर्नुपर्न भएको छ । उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा ८ मा यस्तो उल्लेख गरिएको छ ।

विधेयकको मस्यौदामा, ‘उच्च शिक्षण संस्थाहरूमा प्राध्यापक र अनुसन्धान गर्ने व्यक्तिको राष्ट्रिय योग्यता परीक्षा (नेसनल इलिजिबिलिटी टेस्ट) सञ्चालन गर्ने र परीक्षा उत्तीर्ण गरेको व्यक्तिले मात्र प्राध्यापन गर्न पाउने व्यवस्था गर्न’ लेखिएको छ ।

विश्वविद्यालयमा पढाउन चाहने नयाँ शिक्षक यो परिक्षा दिन पर्न विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव देभराज अधिकारीले बताए । उनी भन्छन्, ‘विश्वविद्यालयमा एकरुपता कायम गर्न र शिक्षकहरुको ज्ञान र उनीहरुको पढाउने चाहनालाई जाँच्नलाई यो नियम ल्याउन लागिएको हो । यो एक प्रकारको लाईसेन्स नै हो ।’

विश्वविद्यालय अनुदान आयोगले यसलाई हेर्नेछ र यसकाे कार्यालय काठमाडौंमा रहनेछ । आयोगमा नेपाल सरकारबाट नियुक्त अध्यक्ष, सचिव र ९ सदस्य हुनेछन् ।

Share News